सवारी दुर्घटनामा मानिसको मृत्यु
२०८०-१०-१७
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा.६ जाली स्थित बासुदेबी स्कुल नजिक से १ प २८५९ नम्बरको स्कुटी आफै अनियन्त्रित भई पल्टिन गई मंगलबार साँझतिर दुर्घटना हुँदा स्कुटी पछाडी सवार जिल्ला बर्दिया बाँसगढी न.पा.४ बठौवागाँउ बस्ने बर्ष २५ को लालु चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको हो । स्कुटी र चालक ध.उ.म.न.पा.५ जाई बस्ने बर्ष २५ को रमेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।