सवारी दुर्घटनामा मृत्यु
२०८०-१०-१९
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर,बेदकोट नगरपालिका-१० शिशैया हरपाल बस्ने ४२ वर्षीय दिनेश बहादुर कठायतले आफ्नै घरको आगनमा बा.प्र.प.०१०२९ च २८०६ अस्थाई नम्बरको हाईस चलाउने क्रममा हाईसको ठक्करबाट उनकै श्रीमती ४० वर्षीया मञ्जु रावल कठायतको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।