प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८०-१०-१९

  • A
  • A-
  • A+
Share

कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१५ गोबरीया स्थित करन कार्कीले संचालन गरेको कुखुरा फर्ममा एक्कासी बिजुलीको तार सर्ट हुन गई शुक्रबार बिहान आगलागी हुँदा उक्त फर्म भित्र रहेका ७०० वटा कुखुराका चल्लाहरू जलि अन्दाजी रु.६०,०००।- बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ बसपार्क नजिक रहेको निरा प्रसाईले संचालन गरेको पाथिभारा ईम्पोरियम जुत्ता चप्पल र कपडाको पसलमा अचानक बिजुलीको लाईन सर्ट हुन गई शुक्रबार दिउँसो आगलागी हुँदा उक्त पसल भित्र रहेका सामानहरु जलि अन्दाजी रु. ८,००,०००।– (आठ लाख ) बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी दमकल,प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।