आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८०-१०-१९
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१५ गोबरीया स्थित करन कार्कीले संचालन गरेको कुखुरा फर्ममा एक्कासी बिजुलीको तार सर्ट हुन गई शुक्रबार बिहान आगलागी हुँदा उक्त फर्म भित्र रहेका ७०० वटा कुखुराका चल्लाहरू जलि अन्दाजी रु.६०,०००।- बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ बसपार्क नजिक रहेको निरा प्रसाईले संचालन गरेको पाथिभारा ईम्पोरियम जुत्ता चप्पल र कपडाको पसलमा अचानक बिजुलीको लाईन सर्ट हुन गई शुक्रबार दिउँसो आगलागी हुँदा उक्त पसल भित्र रहेका सामानहरु जलि अन्दाजी रु. ८,००,०००।– (आठ लाख ) बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी दमकल,प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।