अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-२०
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली,धनगढी उ.म.न.पा.२ चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५९,६१०।- बराबरको प्याज,चिनी,साडी,कट्टु,नरिवल,पास्ता,कालो नुन लगायतका सामानहरु र जोशीपुर गा.पा.३ मनिकापुरबाट अन्दाजी मूल्य रु.७,०००।- बराबरको बिडी,सुर्ती लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु. ६६,६१०।– बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर,पुनर्वास न.पा. ६ “ङ” गाउँबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएको अन्दाजी मूल्य रु. ४८,०००।- बराबरको ६ क्विन्टल तोरी शनिबार बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।