अबैध लागू औषध सहित तीन जना पक्राउ
२०८०-१०-२०
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ त्रिवेणी चोकबाट १ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र ४ ग्राम ४०० मिलिग्राम लागू औषध चरेस जस्तो देखिने कालो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २८ को दिनेश बि.क., बर्ष १९ को निखिल जोशी र जिल्ला रुपन्देही, बुटवल न.पा. १ घर भई हाल धनगढी उ.म.न.पा.१ एल एन चोक बस्ने बर्ष २१ को समिर सुनारलाई शुक्रबार राती प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित तीनै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ