अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-२१
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली,धनगढी उ.म.न.पा.२ चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२०,०५०।- बराबरको चिनी,मिश्री,नरिवल,मिठाई,प्याज,प्लाष्टिक झिल्ली लगायतका सामानहरु,धनगढी उ.म.न.पा.३ चटकपुर,त्रिनगर ब्यारेल नजिकबाट अन्दाजी मूल्य रु.३८,८१०।- बराबरको प्याज,चिनी,चकलेट,चप्पल,मिठाई,सरफ,मिश्री लगायतका सामानहरु र भजनी न.पा.३ धुसीबाट अन्दाजी मूल्य रु.६,५००।– बराबरको सुर्ती गरि जम्मा अन्दाजी मूल्य रु. ६५,३६०।– बराबरको सामानहरु शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।