प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बाघको आक्रमणबाट ११ वटा बाख्राको मृत्यु

२०८०-१०-२१

  • A
  • A-
  • A+
Share

बझाङ:- जिल्ला बझाङ, थलारा गा.पा.२ कफलकाडा बस्ने ऐ, वडाका वडा अध्यक्ष रबेन्द्र खातीको बाख्रा सोही ठाँउ स्थित कालापानी बिसौनाको जङ्गलमा चर्न गएको अवस्थामा शनिबार दिउँसो बाघले आक्रमण गरी १८ वटा मध्ये बोका-१ ,बाख्रा-६, खसी-२, पाठा-२ गरी जम्मा ११ वटाको मृत्यु भएको छ भने १ वटा घाईते भएको र ६ वटा बाख्रा सकुसल रहेका छन ।  उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट बगडा बझाङबाट प्रहरी टोली खटिई गएको हो । 


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।