बाघको आक्रमणबाट ११ वटा बाख्राको मृत्यु
२०८०-१०-२१
- A
- A-
- A+
बझाङ:- जिल्ला बझाङ, थलारा गा.पा.२ कफलकाडा बस्ने ऐ, वडाका वडा अध्यक्ष रबेन्द्र खातीको बाख्रा सोही ठाँउ स्थित कालापानी बिसौनाको जङ्गलमा चर्न गएको अवस्थामा शनिबार दिउँसो बाघले आक्रमण गरी १८ वटा मध्ये बोका-१ ,बाख्रा-६, खसी-२, पाठा-२ गरी जम्मा ११ वटाको मृत्यु भएको छ भने १ वटा घाईते भएको र ६ वटा बाख्रा सकुसल रहेका छन । उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट बगडा बझाङबाट प्रहरी टोली खटिई गएको हो ।