प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८०-१०-२१

  • A
  • A-
  • A+
Share

कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.-१० तिनताराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,६८,४००।- बराबरको लेडिज सुट,सुईटर,ज्याकेट,गंजि,फोटो फ्रेम,जुत्ता लगायतका सामानहरु आईतबार बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहरु आवश्यक कारबाहीको लागि प्रहरीले भन्सार कार्यालय गडडाचौकीमा बुझाएको हो । 

 यसैगरि, जिल्ला कञ्चनपुर, बेलौरी न.पा. १ फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ८,०००।- बराबरको प्याज,आलु लगायत मोटरसाईकल थान-१ सहित जिल्ला लखिमपुर ग्राम सम्पुर्णानगर भारत बस्ने वर्ष २१ को रिसु कस्यबलाई आईतबार बिहान प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  उल्लेखित सामान र मोटरसाईकल सहित निजलाई आवश्यक कारबाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।