अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-१०-२१
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.-१० तिनताराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,६८,४००।- बराबरको लेडिज सुट,सुईटर,ज्याकेट,गंजि,फोटो फ्रेम,जुत्ता लगायतका सामानहरु आईतबार बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहरु आवश्यक कारबाहीको लागि प्रहरीले भन्सार कार्यालय गडडाचौकीमा बुझाएको हो ।
यसैगरि, जिल्ला कञ्चनपुर, बेलौरी न.पा. १ फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ८,०००।- बराबरको प्याज,आलु लगायत मोटरसाईकल थान-१ सहित जिल्ला लखिमपुर ग्राम सम्पुर्णानगर भारत बस्ने वर्ष २१ को रिसु कस्यबलाई आईतबार बिहान प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामान र मोटरसाईकल सहित निजलाई आवश्यक कारबाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो ।