लागू औषध चरेस सहित मानिस पक्राउ
२०८०-१०-२१
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा. ३ ज्ञानु प्लाजा होटल नजिकबाट १ किलो ४० ग्राम लागू औषध चरेस जस्तो देखिने कालो पदार्थ सहित जिल्ला बझाङ, चिरबिथ्थड गा.पा.२ बस्ने बर्ष ४० को धन बहादुर बोहरालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ र निजले प्रयोग गरेको मोटरसाईकल थान-१ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।