बेवारिसे अवस्थामा जिप बरामद
२०८०-१०-२१
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.-६ बनगाँउबाट अन्दाजी मूल्य रु. १५,००,०००।- (पन्ध्र लाख) बराबरको UP14BM4786 भारतिय नम्बर प्लेटको जिप आईतबार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उक्त जिप आवश्यक कारबाहीको लागि प्रहरीले भन्सार कार्यालय गडडाचौकीमा बुझाएको हो ।