अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-१०-२२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा २ त्रिनगर ब्यारेल नजिकबाट ४०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २८ को बिपिन मल्ल र ऐ.३ बस्ने बर्ष ३२ को रुपेश बि.क.लाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुले प्रयोग गरेको मोटरसाईकलको डिग्गीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाईकल थान-१ सहित दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैगरी:- जिल्ला कैलाली, जानकी गा.पा. १ मिलनचोकबाट १३० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने वर्ष २४ को पदम खत्रीलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थसहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कञ्चनपुर:-
जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा. १ स्थित माहाकाली नदिमा निर्माणाधिन
पक्कि पुलबाट अबैध कोडिन नामक १००ml को ५ बोतल लागू औषध सहित शुक्लाफाँटा न.पा १० झलारी बस्ने वर्ष २१ को
निर्मल कुमार सुनार र पुनर्वास न.पा. ७ बस्ने बर्ष ३० कोबलराम सुनारलाई आईतबार साँझतिर
प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट झोलुङ्गे कञ्चनपुरबाट खटिएको
प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुले प्रयोग गरेको मोटरसाईकल भित्र
लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि
उक्त पदार्थ, मोटरसाईकल थान-१ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा
प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।