प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलिका सामान बरामद

२०८०-१०-२३

  • A
  • A-
  • A+
Share

      कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा. ३ बडराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ५०,०००।- बराबरको जेन्स कुर्ती,लेडिज सुट,प्लाजु लगायतका सामानहरु र भजनी न.पा.५ कव्वाखेडा घाटबाट अन्दाजी मूल्य रु. ९१,१९०।- बराबरको कुर्ती सुरवाल,गन्जी, DJ साउण्ड माईक, भाडा बर्तन,चक्लेट लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु. १,४१,१९०।– बराबरको सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

      कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,५३,९२२।– बराबरको चिनी,मिश्री,मटर,नरिवल,नमकिन,बच्चाको सुट,लेहङ्गा,चप्पल,स्याम्पु,गुड लगायतका सामानहरु सोमबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहरु आवश्यक कारवाहीको लागि प्रहरीले भन्सार कार्यालय गडडाचौकीमा बुझाएको हो ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०४-१२

    कैलाली:- मिति २०८१।०४।११ जिल्ला कैलाली, धनगढी-२ राम जानकी मन्दिर, ऐ-३ ट्राफिक चौराहा र गोदावरी -४ गोदावरी स्थित सडक किनारामा नजिक भारत बाट भन्सार छली ल्याएको अन्दाजी मुल्य रु.५,७२,६००/- बराबरको सुट मोजा, चस्मा, लेडिज सुट, जे.सि.बि.कम्प्रेसर मेसिन, स्टिलको रेलिङ्गमा लगाउने फुल लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको ।     कंचनपुर :- मिति २०८१।०४।११ गते जिल्ला कंचनपुर, भिमदत्त-१० बिधुत कार्यालय, बेलौरी -१ फटैया र पुनर्वास -११ अमरबस्तीबाट भारतबाट भन्सार छली गरी ल्याएका अंदाजी मुल्य रु.१,७६,९८०।- बराबरको चामल, दाल, तेल, माईक्रोनी, चिनी, मिश्री, सुर्ती, बिंडी युरिया, सर्फ, हाडबेयरका सामानहरु, साईकल तथा साईकलका पार्टपुर्जाहरु, गुड, ड्यू , किरानाका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कंचनपुर तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको ।