अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८०-१०-२४
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १ पशुपती टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३३,३५०।- बराबरको चिनी,बिडी,सुर्ती,गोल्डि मसाला,सुपारी,दुध पाउडर,आन्टी लगायतका सामानहरु सहित सोही ठाउँ बस्ने बर्ष ४० की तारा देवी कामीलाई मंगलबार साँझतिर प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
यसैगरी:- जिल्ला कैलाली, ध.उ.म.न.पा. २ ट्राफिक चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३२,०००।– बराबरको प्याज,चिनी,पानिपुरी,सरफ,पास्ता,अचार लगायतका सामानहरु मंगलबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ०८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २३,२५०।– बराबरको प्याज,न्यानो गलैचा कपडा,साईकल लगायतका सामानहरु मंगलबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।