अबैंध भन्सार छलिका सामान बरामद
२०८०-११-०१
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली,धनगढी उप-महानगरपालिका २चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१२,८५०।–बराबरको चिनी,प्याज,मिश्री,नरिवल,जिरा लगायतका सामानहरु सोमबार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर,भिमदत्त न.पा.११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१४,०२०।–बराबरको चिनी,मिश्री,दाल,सरफ,जुत्ता,चप्पल लगायतका सामानहरु, पुनर्वासन.पा. ४ पिपलचौताराबाटअन्दाजी मूल्य रु.१२,६५०।–बराबरको प्याज,बिडी,सुर्ती,प्लाष्टिक लगायतका सामानहरु र पुनर्वासन.पा. ११चौकीडाँडाबाटअन्दाजी मूल्य रु.६५,४००।–बराबरको लेडिज सुट,सुर्ती लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.१,९२,०७०।-बराबरको सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।