प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८०-१०-२४

  • A
  • A-
  • A+
Share

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा बन मुद्दामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले १ महिना कैद सजाय र रु.९,००,०००।– (नौ लाख) जरिवाना ठहर भई फरार रहेका जिल्ला कैलाली, गौरीगंगा नगरपालिका ९ बस्ने बर्ष ३८ को महेन्द्र देउवालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझतिर निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।  

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा बहु विवाह मुद्दामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७९।०६।२६ गतेको फैसलाले ११ महिना ११ दिन कैद सजाय र रु.२०,०००।– जरिवाना ठहर भई फरार रहेकी जिल्ला कञ्चनपुर, भिमदत्त नगरपालिका १० बस्ने बर्ष ३२ की देवकी टमटालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो महेन्द्रनगर बजारबाट पक्राउ गरि सम्मानित अदालत समक्ष उपस्थित गराएको हो । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।