फरार प्रतिबादी पक्राउ
२०८०-१०-२४
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा बन मुद्दामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले १ महिना कैद सजाय र रु.९,००,०००।– (नौ लाख) जरिवाना ठहर भई फरार रहेका जिल्ला कैलाली, गौरीगंगा नगरपालिका ९ बस्ने बर्ष ३८ को महेन्द्र देउवालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझतिर निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा बहु विवाह मुद्दामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७९।०६।२६ गतेको फैसलाले ११ महिना ११ दिन कैद सजाय र रु.२०,०००।– जरिवाना ठहर भई फरार रहेकी जिल्ला कञ्चनपुर, भिमदत्त नगरपालिका १० बस्ने बर्ष ३२ की देवकी टमटालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो महेन्द्रनगर बजारबाट पक्राउ गरि सम्मानित अदालत समक्ष उपस्थित गराएको हो ।