अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-११-०१
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, गोदावरी न.पा.१ भरतपुरबाट ३ग्राम ४१०मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष १९ को रमेश बडैलालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले निजको घरमाचेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैगरी,जिल्ला कैलाली, ध.उ.म.न.पा. ४ तुल्सी राम मा.वि. नजिकबाट २ ग्रामलागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने ३६ को भरत चौधरी र बर्ष२० की सिर्जना चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । अस्थाई प्रहरी पोष्ट शिबपुरीधाम, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागिचेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।