प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जडीबुटी बरामद

२०८०-१०-२४

  • A
  • A-
  • A+
Share

दार्चुला:- जिल्ला दार्चुला, मार्मा गा.पा.२ लटिनाथ स्थित चेक प्वाईन्टबाट अवैध रुपमा ल्याई रहेको ४ क्विन्टल ६२ किलो जडीबुटी पासणभेद मंगलबार साँझतिर प्रहरीले बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय लटिनाथ दार्चुलाबाट खटिएको प्रहरी टोलीले  ऐ.५ मुरैबाट लटिनाथ तर्फ आउदै गरेको  म १ च ६८४ नम्बरको बोलेरो जीपलाई चेकजाँच गर्ने क्रममा उल्लेखित जडिबुटी फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त जडिबुटी सहित सवारी साधन र जीप चालक ऐ.४ बस्ने बर्ष ३२ को दिनेश बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।