जडीबुटी बरामद
२०८०-१०-२४
- A
- A-
- A+
दार्चुला:- जिल्ला दार्चुला, मार्मा गा.पा.२ लटिनाथ स्थित चेक प्वाईन्टबाट अवैध रुपमा ल्याई रहेको ४ क्विन्टल ६२ किलो जडीबुटी पासणभेद मंगलबार साँझतिर प्रहरीले बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय लटिनाथ दार्चुलाबाट खटिएको प्रहरी टोलीले ऐ.५ मुरैबाट लटिनाथ तर्फ आउदै गरेको म १ च ६८४ नम्बरको बोलेरो जीपलाई चेकजाँच गर्ने क्रममा उल्लेखित जडिबुटी फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त जडिबुटी सहित सवारी साधन र जीप चालक ऐ.४ बस्ने बर्ष ३२ को दिनेश बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।