अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-२५
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा. १ डाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४५,०००।- बराबरको १५० किलो बोईलर कुखुरा, बेलौरी न.पा. ०६ बैशाखा पुलबाट अन्दाजी मूल्य रु. ४५,०००।– बराबरको प्याज,साईकल लगायतका सामानहरु, पुनर्वास न.पा. ४ फटैया र उपियाफाटाबाट अन्दाजी मूल्य रु. २८,०००।– बराबरको प्याज,बोईलर कुखुरा गरी जम्मा अन्दाजी मूल्य रु.१,१८,०००।– बराबरको सामानहरु बुधबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित बरामद हुन आएका बोईलर कुखुरालाई आवश्यक प्रक्रिया पुरा गरि प्रहरीले नष्ट गरेको हो ।
कैलाली:- जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका २ ट्राफिक चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३,०००।– बराबरको प्याज, मिठाई लगायतका सामानहरु बुधबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।