फरार प्रतिबादी पक्राउ
२०८०-११-०१
- A
- A-
- A+
कैलाली:-फैसला कार्यान्वयनको सिलसिलामा सवारी ज्यान मुद्दामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले १ महिना कैद सजाय ठहर भई फरार रहेका जिल्ला कैलाली,धनगढी उप-महानगरपालिका ७देवरिया बस्ने बर्ष ४० को हरीद्वारी रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान सोही स्थानबाट पक्राउ गरेको हो । निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।