आगलागीबाट दुई बाल बालिकाको मृत्यु
२०८०-१०-२५
- A
- A-
- A+
अछाम:- जिल्ला अछाम, मेल्लेख गाँउपालिका वडा नं. ३ दर्वा बस्ने जय बहादुर बुढा र झंकरे बुढाको खरले छाएको ढुंगा माटोले बनेको भैसी बाध्ने गोठ भित्र निज झंकरे बुढाको नातिनी ६ बर्षिय निरुता बुढा र सोही ठाँउका जगत बुढाको छोरा ३ बर्षिय अंकित बुढा खेल्ने क्रममा गोठको ढोका नजिक बालेको आगोबाट गोठ भित्र राखिएको खरमा आगो सल्किन गई बुधबार साँझतिर आगलागी हुँदा दुबै बाल बालिकाको आगोमा जलेर मृत्यु भएको हो । उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।