सवारी दुर्घटनामा मृत्यु
२०८०-१०-२६
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका १८ “ई” गाँउ स्थित सडकको छेउमा भुखाली चौधरीले रोकी राखेको ठेलामा से ६ प ९७२२ नम्बरको मोटरसाईकल एक्कासी ठोक्किन गई बिहीबार साँझतिर दुर्घटना हुँदा मोटरसाईकल चालक ऐ.कैलारी गाँउपालिका ३ दक्षिण भरडी बस्ने बर्ष २३ को अनुज चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।