प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल पुर्व प्रहरी संगठनद्वारा स्वागत तथा अन्तरक्रिया कार्यक्रम

२०८०-१०-२६

  • A
  • A-
  • A+
Share

 धनगढी:- आज मिति २०८०।१०।२६ गतेका दिन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,कैलालीको हाता भित्र रहेको नेपाल पुर्व प्रहरी संगठन सुदूरपश्चिम प्रदेश कार्य समितिको कार्यालयको सभाहलमा नेपाल पुर्व प्रहरी संगठन सुदूरपश्चिम प्रदेश कार्य समितिका अध्यक्ष पुर्व प्रहरी बरिष्ठ उपरीक्षक उत्तम बहादुर सिंह लगायत कार्य समितिका पदाधिकारीहरु,नेपाल पुर्व प्रहरी संगठन जिल्ला समितिका पदाधिकारीहरु,पुर्व प्रहरी कर्मचारीहरु लगायतले एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्यूलाई स्वागत एवं अन्तरक्रिया कार्यक्रम समेत गर्नु भयो । 

         उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्युले पूर्व प्रहरी कर्मचारीहरुले आफ्नो जीवनकालको अत्यन्त उर्जाशील समय नेपाल प्रहरी मार्फत राष्ट्रका लागि खर्चिएर पुर्‍याउनु भएको योगदानको उच्च सम्मान गर्दै उहाँहरूको सुखद भविष्यको कामना गर्नुभयो । यस क्रममा उहाँले सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा,अपराध रोकथाम,गुण्डागर्दी,तस्करी लगायत समाजमा हुने अपराधिक क्रियाकलाप नियन्त्रणमा पूर्व प्रहरी कर्मचारीबाट रचनात्मक सहयोग सदैव प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभयो । 

         उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीका कार्यालय प्रमुख, नेपाल पुर्व प्रहरी संगठन सुदूरपश्चिम प्रदेश कार्य समितिका पदाधिकारीहरु,नेपाल पुर्व प्रहरी संगठन जिल्ला समितिका पदाधिकारीहरु,पुर्व प्रहरी कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।