प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल पुर्व प्रहरी संगठनद्वारा स्वागत तथा अन्तरक्रिया कार्यक्रम

२०८०-१०-२६

  • A
  • A-
  • A+
Share

 धनगढी:- आज मिति २०८०।१०।२६ गतेका दिन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,कैलालीको हाता भित्र रहेको नेपाल पुर्व प्रहरी संगठन सुदूरपश्चिम प्रदेश कार्य समितिको कार्यालयको सभाहलमा नेपाल पुर्व प्रहरी संगठन सुदूरपश्चिम प्रदेश कार्य समितिका अध्यक्ष पुर्व प्रहरी बरिष्ठ उपरीक्षक उत्तम बहादुर सिंह लगायत कार्य समितिका पदाधिकारीहरु,नेपाल पुर्व प्रहरी संगठन जिल्ला समितिका पदाधिकारीहरु,पुर्व प्रहरी कर्मचारीहरु लगायतले एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्यूलाई स्वागत एवं अन्तरक्रिया कार्यक्रम समेत गर्नु भयो । 

         उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्युले पूर्व प्रहरी कर्मचारीहरुले आफ्नो जीवनकालको अत्यन्त उर्जाशील समय नेपाल प्रहरी मार्फत राष्ट्रका लागि खर्चिएर पुर्‍याउनु भएको योगदानको उच्च सम्मान गर्दै उहाँहरूको सुखद भविष्यको कामना गर्नुभयो । यस क्रममा उहाँले सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा,अपराध रोकथाम,गुण्डागर्दी,तस्करी लगायत समाजमा हुने अपराधिक क्रियाकलाप नियन्त्रणमा पूर्व प्रहरी कर्मचारीबाट रचनात्मक सहयोग सदैव प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभयो । 

         उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीका कार्यालय प्रमुख, नेपाल पुर्व प्रहरी संगठन सुदूरपश्चिम प्रदेश कार्य समितिका पदाधिकारीहरु,नेपाल पुर्व प्रहरी संगठन जिल्ला समितिका पदाधिकारीहरु,पुर्व प्रहरी कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो । 

सम्बन्धित समाचार
आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०१-१५

    कैलाली:- जिल्ला कैलाली,  गोदावरी न.पा. ८ बस्ने टिकाराम जोशीको काठले बनेको १ तले कच्ची घरमा शुक्रबार दिउँसो बिद्युतिय मिटर बक्स सर्ट भई अचानक आगलागी हुँदा घरभित्र रहेका नगद,सुन, अन्नपात, भाँडावर्तन, लत्ता कपडा लगायतका सामानहरु गरि अन्दाजी रु. ५,००,०००।– (पाँचलाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   यसैगरी,  जोशीपुर गा.पा. १ स्थित जोशीपुर बस्ने नन्दन बोहराले सञ्चालन गरेको कुखुरा फर्ममा जोशीपुर भजनी सडक किनारमा रहेको बिद्युतको पोलबाट अचानक तार सर्ट हुन गई शुक्रबार दिउँसो आगलागी हुँदा कुखुरा फर्म र फर्ममा रहेका ४ क्विन्टल कुखुरा गरि अन्दाजी रु.२,००,०००।– (दुईलाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   यसैगरी,  भजनी न.पा.२ पल्टुपुर बस्ने बस्ने कृष्ण बुढाको गहुँ काटेको खेतमा (गहुको भुसामा) आगलागी हुदाँ आगो हावाको कारणले सर्दै सोही ठाउँ बस्ने जित बहादुर बि.क. र राम लखन चौधरीको काठ र खरले बनेको भुईतले कच्ची घरहरुमा शुक्रबार दिउँसो आगलागी हुँदा दुई वटै घर लगायतका सामानहरु गरि अन्दाजी रु. १,८०,०००।–बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   यसैगरी, जानकी गा.पा ९ पुर्वि खैरिफाँट बस्ने रमेश जैशीको खरले छाएको गाइगोठमा  शुक्रबार दिउँसो अचानक आगलागी हुँदा गाइगोठ पुर्ण रुपमा जलेर अन्दाजी रु.५०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानिय सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर,  पुनर्वास न.पा. ५  बस्ने बाहाली रानाको चार कोठे पक्की घरको उत्तर दक्षीण पट्टीको कोठामा राखेको फ्रिजको स्टिपलाइजरमा शुक्रबार दिउँसो बिद्युतको सट हुन गइ आगलागी हुँदा सो कोठामा राखिएका फ्रिज,काठको दराज,TV,काठको पलङ, टेबुल फ्यान,सिलिङ फ्यान,लत्ताकपडा लगायतका सामानहरु गरि अन्दाजी रु. २,००,०००।– (दुईलाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   यसैगरी,  शुक्लाफाटा न.पा. ७ र बस्ने नरेस ठगुन्नाको एकतले काठले बनेको कच्ची बाख्राको गोठमा शुक्रबार अचानक आगलागी हुँदा गोठभित्र रहेका २ वटा बाख्रा जलले मृत्यु भएको र एउटा बाख्रा जलेर घाईते भएको हो ।  उक्त आगलगीबाट गोठ र गोठ भित्र रहेका काठ लगायतका सामानहरु गरि अन्दाजी रु. १,५०,०००।–बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।       डडेल्धुरा:- जिल्ला डडेल्धुरा,  आलिताल गा.पा. ५ सिराडी बस्ने अम्बीका सार्कीको ३ कोठे २ तले काठले बनेको खरले छाएको कच्ची घरमा नजिकै रहेको बालवान सामुदायिक बनमा लागेको आगोबाट शुक्रबार आगलागी हुँदा घर र घरभित्र रहेका अन्नपात,भाँडा वर्तन, लत्ताकपडा लगायतका सामानहरु जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । आगलागीबाट भएको क्षतीको विवरण आउँन वाँकि रहेको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

अबैंध भन्सार छलीका सामान बरामद
२०८१-०१-१५

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिक, ऐ. ८  धनगढीगाउबाट, टीकापुर न.पा.८ बालुवाटारस्थित भित्रि सडक खण्डबाट, भजनी न.पा.८ जनकपुरबाट र कैलारी गा.पा.३ खोनपुरघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१२,०८०।–बराबरको प्याज,चिनी,नरिवल,चक्लेट,चप्पल,पंखा,प्लाष्टिक झिल्ली,सिद्रा माछा,माछा लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. भिमदत्त न.पा. १० तिनतारा, बेलौरी न.पा. १ फटैया र पुनर्वास न.पा. ११ डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४८,७७५।–बराबरको प्याज,चिनी,लेडिज सुट,कपडा, वाईरिङका सामान,जुत्ता, मोटरसाईकलको ट्युव,चेन, हार्डबेयर,किराना  लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

अबैंध भन्सार छलीका सामान बरामद
२०८१-०१-१४

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिक र एभरेष्ट बैंक नजिकबाट,ऐ.३  बिशालनगर रोडबाट,ऐ. ४ दक्षिणकाली नजिकबाट, ऐ.८ बेली बजारबाट,गोदावरी न.पा. ५ गेटा, भजनी न.पा.८ छछरुवा र काडाढीकबाट र कैलारी गा.पा.५ बड्की पलिया मोहना किनारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७,४३,९८०।–बराबरको प्याज,चिनी,सुर्ती, मिठाई,बिडी,पान मसला,चप्पल,पेय पदार्थ,लेहेङ्गा,सुटपिस,धनियाँ, साईकल थान-३ लगायतका सामानहरु बिहीबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. भिमदत्त न.पा. ९ चुम्डानी र शुक्लाफाटा न.पा.१२ कालागौडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२९,०५६।–बराबरको चिनी,बिडी,पेय पदार्थ लगायतका सामानहरु बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

अबैंध लागू औषध सहित मानिस पक्राउ
२०८१-०१-१४

    कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १० जनकल्याण स्कुल नजिकबाट ३ ग्राम २६० मिलिग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.३ बस्ने १८ बर्षिय किशोर र जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.८ बस्ने बर्ष २१ को समिर वडायकलाई  बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो ।     यसैगरी, गोदावरी न.पा.-२ अत्तरियाबाट १९८.८७ ग्राम अबैंध लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित जिल्ला बझाङ, छब्बिस पाथिभरा गा.पा.-७ बस्ने बर्ष ४८ को कलक धामीलाई  बिहीबार प्रहरीले पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती,कैलालीबाट खटिएको प्रहरी टोलीले गोदावरी न.पा.-२ अत्तरिया स्थित निजले सञ्चालन गरेको अन्नपुर्ण होटलमा खानतलासी गर्दा होटलको भान्सा कोठाबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।