प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चितुवाको आक्रमणबाट बाख्राको मृत्यु

२०८०-१०-२७

  • A
  • A-
  • A+
Share

     बैतडी:- जिल्ला बैतडी,सिंगास गाउँपालिका वडा नं. ५ ढुंगाड गजेली भ्वाँ बस्ने लाल बहादुर धामीले सञ्चालन गरेको मिलन बाख्रा फर्मको झ्यालबाट जंगली चितुवा बिहीबार राती भित्र पसी चितुवाको आक्रमणबाट फर्म भित्र रहेका १५ वटा बाख्रा मध्ये १२ वटा बाख्रा मृत अबस्थामा फेला परेका छन भने ३ वटा बाख्रा बेपत्ता रहेका  छन । खबर प्राप्त हुना साथ उक्त स्थानमा प्रहरी चौकी गाँजरी बैतडीबाट प्रहरी टोली खटिई गएको हो ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।