अबैध लागू औषध सहित दुई जना पक्राउ
२०८०-१०-२८
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा.०६ ढक्काचादर स्थित सिचाई नहरबाट ०.३१ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २९ को मनोज चन्द र ऐ.४ बेलौरी बजार बस्ने बर्ष २४ को सक्षम जैशीलाई शनिबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।