करेन्ट लागेर मृत्यु
२०८०-१०-२८
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बाणी शिविर नजिक रामचन्द्र भट्टको घर निर्माण गर्ने क्रममा अचानक बिजुलीको तारबाट करेन्ट लागेर जिल्ला बैतडी, डिलासैनी गाउँपालिका २ घर भई हाल जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.२ बाणी शिविर स्थित आफ्नो मामाको घरमा वस्दै आएको वर्ष २८ को भरत बिष्टको आईतबार बिहान मृत्यु भएको हो । करेन्ट लागि गम्भिर घाईते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।