प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८०-११-०२

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा. १  त्रिबेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १२,०००।– बराबरको प्याज, ध.उ.म.न.पा. २ चौराह नजिकबाट अन्दाजी मूल्य रु.११,२१०।–बराबरको चिनी,प्याज,सरप,दाल,नरिवल लगायतका सामानहरु, ध.उ.म.न.पा. २ वडा कार्यालय नजिकबाट अन्दाजी मूल्य रु. ३८,१४०।–बराबरको गन्जी,टिसट,बच्चाको पाईन्ट,अण्डरवेयर लगायतका सामानहरु र कैलारी गा.पा. ४ “के” गाँउबाट अन्दाजी मूल्य रु. २५,८००।–बराबरको चक्लेट,चिजबल,दालमोठ लगायतका समानहरु गरि जम्मा अन्दाजी मूल्य रु.८७,१५०।- बराबरको सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

    यसैगरी:- जिल्ला कैलाली, गोदावरी न.पा.४ गोदावरीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३,८४,०००।- बराबरको चिनी, जीप थान-१ सहित जिल्ला दार्चुला मार्मा गा.पा.६ बस्ने बर्ष ३० को बसन्त कोट्टारी र जिल्ला कैलाली ध.उ.म.न.पा.१ बस्ने बर्ष ४० को ईश्वर धामीलाई मंगलबार दिउँसो प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  उल्लेखित सामान र जीप सहित निजहरुलाई आवश्यक कारबाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो । 

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १७  मझँगाउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ५,०००।– बराबरको कपाल बाध्ने रबर, लालझाँडी गा.पा. १ डाडा बिछुवाबाट अन्दाजी मूल्य रु. ५,६७,०००।–बराबरको प्याज,मोटरसाईकल थान-३  र बेलौरी न.पा. १,२ बैजुडाडा र भैसोरबाट अन्दाजी मूल्य रु. २९,५०५।–बराबरको खानेतेल,अण्डा,बिस्कुट,खेलौना लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.६,०१,५०५।- बराबरको सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।