अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-११-०२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, जानकी गा.पा. ५ अमौरा स्थित सडक खण्डबाट ८८० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. लम्की चुहा न.पा. २ कान्छिबजार बस्ने बर्ष २१ को नबिन सिलाललाई मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।