आगलागी बिभिन्न धनमाल जली नष्ट
२०८०-११-०३
- A
- A-
- A+
डोटी:- जिल्ला डोटी, पुर्बीचौकी गा.पा.२ कुडासैन बस्ने शरु देवी ठकुल्लाको २ तले २ कोठे कच्ची घरमा गोठको भान्सामा बालेको आगोबाट बुधबार बिहान अचानक आगलागी हुंदा गोठमा रहेका ३ वटा गाई र १ वटा बाख्राको जली मृत्यु भएको र गोठमा रहेको पराल, काठ लगायतका सामानहरु गरि अन्दाजी मुल्य रु. १,००,०००।- (एक लाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बाजुरा:- जिल्ला बाजुरा, गौमुल गा.पा.१ माडी वस्ने महेन्द्र रोकायाको ढुङ्गा माटोले बनेको २ तले ४ कोठे कच्ची घरमा खाना पकाउन बालेको ग्याँस लिक भई बुधबार बिहान अचानक आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडाकुँडा, जस्तापाता र काठ लगायतका सामानहरु गरि अन्दाजी मुल्य रु. २,००,०००।- (दुई लाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
दार्चुला:- जिल्ला दार्चुला, शैल्यशिखर न.पा. ०९ गाजरी वस्ने सुदेव भट्टले सञ्चालन गरेको आरा मिलमा बिहीबार बिहान अन्दाजी ०३:३० बजेतिर अचानक आगलागी हुँदा आरा मिल भित्र रहेका काठ, ब्याट्री, सिसा, फ्रेम लगायतका सामानहरु गरि अन्दाजी मुल्य रु. १०,००,०००।- (दश लाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।