अबैध भन्सार छलिका सामान बरामद
२०८०-११-०४
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा. ३ ट्राफिकचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १४,०४०।–बराबरको चिनी, प्याज, मिश्री, चियापत्ती, साबुन,प्लाष्टिक लगायतका सामानहरु र भजनी न.पा.५ लालबोझीबाट अन्दाजी मूल्य रु.१२,०००।–बराबरको ४० जोर चप्पल गरि जम्मा अन्दाजी मूल्य रु.२६,०४०।- बराबरको सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१० बिधुत कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,३२,०४८।- बराबरको चिनी,मिश्री,खानेतेल,दाल,नरिवल,चप्पल,किरानाका सामान लगायतका सामानहरु बिहीबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
बैतडी:- जिल्ला बैतडी, दशरथचन्द न.पा. ४ कल्वारमोडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ८,५७०।- बराबरको चिनी,बिडी,प्लाष्टिक जुत्ति,पानिपुरी लगायतका सामानहरु बिहीबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।