अबैंध भन्सार छलिका सामान बरामद
२०८०-१०-२९
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका २ चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १६,९००।– बराबरको चिनी,जिरा,कलरपाउडर लगायतका सामानहरु र धनगढी उप-महानगरपालिका ३ ट्राफिक चौराहाबाट अन्दाजी मूल्य रु. १५,६५०।–बराबरको चिनी,प्याज,जिरा,नमकिन लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.३२,५५०।- बराबरको सामानहरु आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा. १२ कलुवापुर बेलौरी सडक खण्ड स्थित कालागौडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७९,४४८।– बराबरको चिनी,जिरा,हरियो मटर,मिठाई,चक्लेट,सुर्ती लगायतका सामानहरु र भिमदत्त न.पा.-६ सुकासालबाट अन्दाजी मूल्य रु. ८,०००।–बराबरको माछा गरि जम्मा अन्दाजी मूल्य रु.८७,४४८।- बराबरको सामानहरु आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।