प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८०-११-०४

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा.६ मटेरीबाट १५० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २० को राघब चौधरीलाई बिहीबार दिउँसोतिर प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि, उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    यसैगरी:- जिल्ला कैलाली, गोदावरी न.पा.८ स्याउले भित्री सडक खण्डबाट ४१० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. ध.उ.म.न.पा. ११ बस्ने बर्ष २६ को दान बहादुर रानालाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट श्रीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    यसैगरी:- जिल्ला कैलाली, टीकापुर न.पा. १ जमरापारी टिकापुर बहुमुखी क्याम्पस नजिक सडक खण्डबाट १ ग्राम ५९० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २० को सागर चौधरी र ऐ. ९ बस्ने बर्ष ३२ को राज कुमार चौधरीलाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।