अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-११-०४
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा.६ मटेरीबाट १५० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २० को राघब चौधरीलाई बिहीबार दिउँसोतिर प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि, उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैगरी:- जिल्ला कैलाली, गोदावरी न.पा.८ स्याउले भित्री सडक खण्डबाट ४१० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ. ध.उ.म.न.पा. ११ बस्ने बर्ष २६ को दान बहादुर रानालाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट श्रीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैगरी:- जिल्ला कैलाली, टीकापुर न.पा. १ जमरापारी टिकापुर बहुमुखी क्याम्पस नजिक सडक खण्डबाट १ ग्राम ५९० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २० को सागर चौधरी र ऐ. ९ बस्ने बर्ष ३२ को राज कुमार चौधरीलाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।