प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८०-११-०४

  • A
  • A-
  • A+
Share

  कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा लागू औषध मुद्दामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले ४ महिना १९ दिन कैद सजाय ठहर भई फरार रहेका जिल्ला कैलाली, ध.उ.म.न.पा. २ बस्ने बर्ष ३४ को गोरे भन्ने रबी शर्मालाई प्रहरी चौकी त्रिनगर , कैलालीबाट  खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो सोही स्थानबाट पक्राउ गरेको हो । 

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा बैङकिङ कसुर मुद्दामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।०९।०२ गतेको फैसलाले १ महिना कैद र ५,६०,०००।- गरिवाना ठहर भई फरार रहेकी जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १८ बस्ने बर्ष ४५  की जानकी कुवँरलाई जिल्ला प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो धनगढीबाट  गरेको हो । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।