फरार प्रतिबादी पक्राउ
२०८०-११-०४
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा लागू औषध मुद्दामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले ४ महिना १९ दिन कैद सजाय ठहर भई फरार रहेका जिल्ला कैलाली, ध.उ.म.न.पा. २ बस्ने बर्ष ३४ को गोरे भन्ने रबी शर्मालाई प्रहरी चौकी त्रिनगर , कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो सोही स्थानबाट पक्राउ गरेको हो ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा बैङकिङ कसुर मुद्दामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।०९।०२ गतेको फैसलाले १ महिना कैद र ५,६०,०००।- गरिवाना ठहर भई फरार रहेकी जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १८ बस्ने बर्ष ४५ की जानकी कुवँरलाई जिल्ला प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो धनगढीबाट गरेको हो ।