प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु

२०८०-११-०४

  • A
  • A-
  • A+
Share

    बझाङ:- जिल्ला बझाङ, जयपृथ्बी न.पा.११ साईलाबगर स्थित तलकोटबाट सदरमुकाम चैनपुर तर्फ आउँदै गरेको से १ ज ८६८ नम्बरको जीप एक्कासि कच्ची सडकबाट अन्दाजी १५० मिटर तल खसेर बिहीबार राती दुर्घटना हुँदा जिपमा सवार जिल्ला बझाङ तलकोट गा.पा.३  बस्ने १९ की सुस्मिता कठायतको मृत्यु भएको हो । दुर्घटनामा परि गम्भिर घाईते भएकी उनको जिल्ला अस्पताल बझाङमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परि घाईते भएका जीप चालक तल्कोट गा.पा. ३ बस्ने बर्ष २३ को राजेश कुमार कडाल र सहचालक मष्टा गा.पा. ५ बस्ने बर्ष १७ को कमल कठायतको उपचारको लागि जिल्ला अस्पताल बझाङ हुँदै थप उपचारको लागि निज दुवै जना घाईतेलाई धनगढी रिफर गरेको हो । यस दुर्घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङबाट आवश्यक अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।