सवारी दुर्घटनामा मृत्यु
२०८०-११-०४
- A
- A-
- A+
बझाङ:- जिल्ला बझाङ, जयपृथ्बी न.पा.११ साईलाबगर स्थित तलकोटबाट सदरमुकाम चैनपुर तर्फ आउँदै गरेको से १ ज ८६८ नम्बरको जीप एक्कासि कच्ची सडकबाट अन्दाजी १५० मिटर तल खसेर बिहीबार राती दुर्घटना हुँदा जिपमा सवार जिल्ला बझाङ तलकोट गा.पा.३ बस्ने १९ की सुस्मिता कठायतको मृत्यु भएको हो । दुर्घटनामा परि गम्भिर घाईते भएकी उनको जिल्ला अस्पताल बझाङमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परि घाईते भएका जीप चालक तल्कोट गा.पा. ३ बस्ने बर्ष २३ को राजेश कुमार कडाल र सहचालक मष्टा गा.पा. ५ बस्ने बर्ष १७ को कमल कठायतको उपचारको लागि जिल्ला अस्पताल बझाङ हुँदै थप उपचारको लागि निज दुवै जना घाईतेलाई धनगढी रिफर गरेको हो । यस दुर्घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङबाट आवश्यक अनुसन्धान भईरहेको छ ।