प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रुखले च्यापिई मृत्यु

२०८०-११-०४

  • A
  • A-
  • A+
Share

    बैतडी:- जिल्ला बैतडी, पाटन न.पा.५ अड्तोला बस्ने  बर्ष १९ को प्रकाश पाण्डे शुक्रबार दिउँसो घर निजकैको जंगलमा सल्लाको रुख काट्ने क्रममा सोही रुख ढली निजको  टाउको र शरिरको बिभिन्न भागमा चोट लागि गम्भिर घाईते भई निजको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र पाटन बैतडीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय पाटन बैतडीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।