प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८०-११-०५

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा. २  चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३४,३६०।– बराबरको प्याज,चना,मटर,जिरा,प्लाष्टिक, पतन्जलीका बिभिन्न औषधि लगायतका सामानहरु, ध.उ.म.न.पा. ९ मसानघाटबाट अन्दाजी मूल्य रु. ११,९००।–बराबरको चिनी,प्याज,बिडी,गुट्खा,प्लाष्टिक लगायतका सामानहरु र ध.उ.म.न.पा. १८ “F” गाँउबाट अन्दाजी मूल्य रु. २,००,०००।–बराबरको ठेला थान-१० गरि जम्मा अन्दाजी मूल्य रु.२,४६,२६०।- बराबरको सामानहरु शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १६  मझँगाउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,०१,६००।– बराबरको खानेतेल,दाल,मिठाई,नरिवल,कपडा,खुर्सानी, लेडिज सुट लगायतका सामानहरु, बेलौरी नपा ६ भुराकोटबाट अन्दाजी मूल्य रु. ४७,०००।–बराबरको प्याज,चिनी,मैदा,कुकरे,नमकिन,पापड लगायतका सामानहरु  र दोधारा चाँदनी न.पा. ४ झोलुङगे पुल नजिकबाट अन्दाजी मूल्य रु. २४,०००।–बराबरको कुखुरालाई चारो खुवाउने प्लाष्टिक भाँडा,चारो,औषधि लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.१,७२,६००।- बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।