अबैध भन्सार छलिका सामान बरामद
२०८०-११-०५
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा. २ चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३४,३६०।– बराबरको प्याज,चना,मटर,जिरा,प्लाष्टिक, पतन्जलीका बिभिन्न औषधि लगायतका सामानहरु, ध.उ.म.न.पा. ९ मसानघाटबाट अन्दाजी मूल्य रु. ११,९००।–बराबरको चिनी,प्याज,बिडी,गुट्खा,प्लाष्टिक लगायतका सामानहरु र ध.उ.म.न.पा. १८ “F” गाँउबाट अन्दाजी मूल्य रु. २,००,०००।–बराबरको ठेला थान-१० गरि जम्मा अन्दाजी मूल्य रु.२,४६,२६०।- बराबरको सामानहरु शनिबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १६ मझँगाउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,०१,६००।– बराबरको खानेतेल,दाल,मिठाई,नरिवल,कपडा,खुर्सानी, लेडिज सुट लगायतका सामानहरु, बेलौरी नपा ६ भुराकोटबाट अन्दाजी मूल्य रु. ४७,०००।–बराबरको प्याज,चिनी,मैदा,कुकरे,नमकिन,पापड लगायतका सामानहरु र दोधारा चाँदनी न.पा. ४ झोलुङगे पुल नजिकबाट अन्दाजी मूल्य रु. २४,०००।–बराबरको कुखुरालाई चारो खुवाउने प्लाष्टिक भाँडा,चारो,औषधि लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.१,७२,६००।- बराबरको सामानहरु शुक्रबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।