अबैध लागू औषध सहित मानिस पक्राउ
२०८०-११-०५
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा. २ अमौरा त्रिनगरबाट २ ग्राम ५०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.गोदावरी न.पा. २ बस्ने बर्ष २३ को नरेश बोहरालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।