प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भिरबाट खसेर मृत्यु

२०८०-११-०५

  • A
  • A-
  • A+
Share

    दार्चुला:- जिल्ला दार्चुला, मर्मा गा.पा. पारखडा बस्ने बर्ष ३२ को जगत सिंह धामी सोही ठाउँ स्थित रिठाईनीको भिरबाट अन्दाजी ३०० मिटर तल खसेर शनिबार दिउँसो मृत अवस्थामा फेला परेका हुन । निज सुनचन्ना भन्ने ठाउँबाट घर फर्कदै गर्दा उक्त भिरबाट खसेर मृत अवस्थामा रहेको छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लटिनाथ दार्चुलाबाट प्रहरी टोली खटिई गई आवश्यक अनुसन्धान भईरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।