अबैध भन्सार छलिका सामान बरामद
२०८०-११-०७
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा. २ चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ८,५२०।– बराबरको प्याज,चिनी,बिडी,अचार लगायतका सामानहरु र ध.उ.म.न.पा. २ भन्सारचोकबाट अन्दाजी मूल्य रु.२५,४१० ।– बराबरको चिनी,प्याज,नरिवल,सरफ,साबुन,स्याम्पु लगायतका सामानहरु र ध.उ.म.न.पा. ८ अपि बिद्यानिकेतन स्कुल नजिकबाट अन्दाजी मूल्य रु. १,६४,०००।–बराबरको सुटपिस थान-११४ र मोटरसाईकल थान -१ गरि जम्मा अन्दाजी मूल्य रु.१,९७,९३०।- बराबरको सामानहरु आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।