प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८०-११-०९

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली, ध.उ.म.न.पा. २  त्रिनगरबाट ६८० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष ३९ को सविन दाहाल र ऐ. १ बस्ने बर्ष २६ को विवेक गुप्तालाई मोटरसाईकल थान-१ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    यसैगरी:- जिल्ला कैलाली, कैलारी गा.पा.३ शिबरत्नपुर स्थित जङगलबाट २ ग्राम २८० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.३ बस्ने ३० को सिरन चौधरी र बर्ष २६ को देवान चौधरीलाई मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.९ ब्रह्मदेब बजार स्थित बिगमबरा होटेलबाट ९.१५ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला बरेली रसोला तालिब हुसेईन महल्ला  भारत बस्ने बर्ष ३५ को रहद अहमदलाई मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय ब्रह्मदेब, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    यसैगरी:- जिल्ला कञ्चनपुर, कञ्चनपुर कृष्णपुर न.पा.७ रेलडण्डि कलुवापुरबाट २१.६३ ग्राम लागु पदार्थ (चरेश) र ५० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष ३० को  नरेन्द्र चुनारालाई मंगलबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रैकवार विचवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजले आफ्नै घरमा संचालन गरेको मदिरा पसल भित्र खाँनतलासी गर्दा  लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि,उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।