प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु

२०८०-११-०९

  • A
  • A-
  • A+
Share

        अछाम:- जिल्ला अछाम, चौरपाटी गाउँपालिका ५ लुङ्रा स्थित भित्री सडक खण्डमा लुङ्राबाट साँफे तर्फ जादै गरेको से १ ज ४२९  नम्बरको जीप अनियन्त्रीत भई सडकबाट अन्दाजी १५० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार जिल्ला डोटी पुर्बि चौकी गा.पा. ४ बस्ने राजेन्द्र खड्काको छोरा १८ महिनाको ईसान खड्काको उपचारको क्रममा न्याय हेल्थ अस्पताल बयलपाटामा अन्दाजी १०:४५ बजेतिर मृत्यु भएको हो । साथै दुर्घटनामा घाईते भएका अन्य १४ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ भने जीप चालक ऐ. चौरपाटी गा.पा. ५ बस्ने बर्ष ५१ को तेज बहादुर रावलको स्थानिय मेडिकलमा उपचार भईरहेको छ ।  दुर्घटना सम्बन्धमा प्रहरीले घाईतेहरुको उद्दार गर्नुका साथै यस सम्बन्धमा आबश्यक अनुसन्धान गरि रहेको छ ।

सम्बन्धित समाचार